माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नेपालमा टाटा कर्भ ईभीको बिक्री शुरु, मूल्य ५६ लाख ९९ हजार




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपालमा बिक्री शुरु गरेको छ । एक विशेष समारोहबीच सार्वजनिक गरिएको टाटा कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभीको टप भेरिएन्ट मात्र नेपालमा उपलब्ध हुने छ । यसकारण यो मूल्य टाटा कर्भ ईभीको टप भेरियन्टको मूल्य हो । अन्य मोडल भने नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने छैन ।

यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ ।
यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई ४३१०, चौडाई १८१० र उचाई १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । यस ईभीमा १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ ।

  :