३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

ई–सेवा महाउत्सव अफरको बम्पर उपहार विजेता बम्जनलाई नामी ईभी




काठमाडौं – ई–सेवाले महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको ई–सेवा महा–उत्सव अफरको बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई एक कार्यक्रमको बीचमा नामी ईभीको कार हस्तान्तरण गरेको छ ।


विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको सो अफरमा ई–सेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेले कार बम्जनलाई हस्तान्तरण गरेका थिए ।


ई–सेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै रु। १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी आदिको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो ।

दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस ई–सेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि आईफोन १६प्रो जित्ने मौका समेत समावेश थियो ।

सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नति हुने भएकोमा खुशी व्यक्त गर्दै ई–सेवालाई धन्यवाद ज्ञापन समेत गरेका थिए । ई–सेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए ।

  :