काठमाडौं– चितवन र आसपासका क्षेत्रका ग्राहकहरूलाई मध्यनजर गरी एमएडब्लु वृद्धि कमर्सियलले चितवनमा फोटोनको शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीले शोरुम सञ्चालनमा ल्याएसँगै नेपालको यातायात क्षेत्रमा गेम चेन्जरका रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन इभी भ्यान औपचारिकरूपमा सार्वजनिक समेत गरेको छ।
अग्लो छत सहितको माउन्टेन ईभी भ्यानमा १४ देखि १६ यात्रु बस्न मिल्छ। भ्यानमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री छ। जसले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
फोटोन माउन्टेन ईभीमा अटो होल्ड नियन्त्रण, स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण, दुई ड्राइभिङ मोड र आर१६ टायरलगायत विशेषता रहेको कम्पनीले बताएको छ । उत्कृष्ट प्रफमेन्स र आकर्षक डिजाइन भएको माउन्टेन ईभी प्यासेन्जर भ्यान नेपाली सडकको लागि निकै उपयुक्त रहेको छ ।
प्रतिक्रिया