काठमाडौं– प्रोटोन इमास ७ ईभी नेपाली बजारमा जगदम्बा मोटर्सले ल्याएर हाल परीक्षण गरिरहेको र केही दिनभित्रमा नै नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
इमास ७ पान नेपाल भ्रमण भइरहेको छ । पूर्वी नेपालको भ्रमणपछि हाल पश्चिम भ्रमण भइरहेको छ । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ ले नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ ।
कम्पनीले विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउने विश्वास गरेको छ ।
पूर्वी नेपालमा प्रोटन इमास ७ ले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको पनि कम्पनीले जनाएको छ ।
मलेसियामा हालै सार्वजनिक भएको ईभी प्रोटोन इमास ७ ले मलेसियामा १ हजार युनिट डेलिभरी माइलस्टोन हासिल गर्न सफल भएको छ ।
प्रतिक्रिया