४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

टाटाको कर्भ इभी, नेक्सन के थ्री र टाटा सफारी जनकपुरमा सार्वजनिक




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कर्भ इभी, नेक्सन के थ्री र टाटा सफारी जनकपुरस्थित गिरिजा अटोमोबाइल्समा सार्वजनिक गरेको छ ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापति, टाटा मोटर्सको नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी लगायत उपस्थित थिए।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतिले जनकपुरमा नयाँ गाडी सार्वजनिक गर्न पाउँदा कम्पनी उत्साही रहेको बताए।

गिरिजा अटोमोबाइल्सका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभीका बढी रेञ्ज भएका गाडीको माग उच्च रहेको बताए।

  :