३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

भाद्र ३ देखि ८ गतेसम्म नाडा अटो शो २०२५, आजदेखि स्टल बुकिङ शुरु




काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने सो प्रदर्शनीको लागि फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ÷ रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने पनि नाडाले जनाएको छ । प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरु लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्याएएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरुको तुलनामा यस वर्ष छिट्टै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

प्रदर्शनीले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विषेश योगदान पुर्‍याउँदै आइरहेको भन्दै नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ।

  :