३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

रिड्डारा आरडी सिक्सलाई सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड




काठमाडौं– जिली होल्डिङ समूहको रिड्डारा आरडी सिक्सले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड थाईल्याण्डमा जितेको छ । जसले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रुपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ । यो पुरस्कार आरडी सिक्सको नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाएको कम्पनीले जनाएको छ ।


नेपालमा रिड्डारा आरडी सिक्सलाई २०२४ को नाडा अटो शोमा लञ्च गरिएको थियो । जसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो । रिड्डारा ब्रान्ड चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आधिकाकिर बिक्रेताको रुपमा नेपाली बजारमा भित्र्याएको हो।


रिड्डाराको आरडी सिक्स पिकअपमा ६३ किलोवाट आवरको ब्याट्री प्याक छ। टू ह्वील ड्राइभ अप्सनमा रेयर एक्सेलमा २ सय किलोवाट पिक पावरको मोटर छ। एनइडीसीले यो पिकअपले एकपटकको फुल चार्जमा ३ सय ७७ किलोमिटर रेन्ज दिने बताएको छ। रिड्डारा पिकअपको पेलोड क्यापासिटी १ हजार केजी र टोइङ क्षमता २५ सय किलोसम्म रहेको छ।

यो पिकअपको लम्बाई ५२ सय ६० एमएम, चौडाई १९ सय एमएम र उचाई १८ सय ६५ एमएम रहेको छ। यो पिकअप ईभीमा ३१ सय २० एमएमको ह्वीलबेस रहेको छ। रिड्डारा आरडी सिक्समा २ सय २५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।


नेपालभर २२ सर्भिस सेन्टरहरुसहित सीजी मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ।त्यसैगरी, २४० भन्दा बढी चार्जिङस्टेसनहरूसँग रिड्डारा आरडी सिक्स ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाएको छ। जसले यसलाई अन्य ब्राण्डहरूभन्दा प्रतिस्पर्धामा अरुभन्दा माथी राखेको कम्पनीले जनाएको छ।

  :