मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

ईभी चार्जिङमा बीवाईडीको फड्को, ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने




काठमाडौं– चिनियाँ इलेक्ट्रिक कार निर्माण कम्पनी बीवाइडीले विद्युतीय गाडीका लागि सबैभन्दा छिटो चार्जिङ प्रविधिको विकास गरेको छ ।

कम्पनीले गाडी ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने सुपर ई–चार्जर प्रविधि विकास गरेको हो । बीवाईडीको सुपर ई–प्लेटफर्म १००० ले १००० किलोवाटसम्मको चार्जिङ स्पिड समर्थन गर्छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो चार्जिङ स्पिड हो ।

कम्पनीका अनुसार यसको ब्याट्रीमा नै १० सी चार्जिङ मल्टिप्लायर राखिनेछ। यसमा हाइ पावर मोटर र हाइ भोल्ट सिलिकन कारबाइड पावर चिप्स हुनेछ।

कम्पनीले सुपर ई–चार्जर ४ हजार वटा निर्माण गर्ने जनाएको छ। यस प्रविधिले इलेक्ट्रिक कार उद्योगमा नयाँ युगको सुरुवात हुने बताइएको छ । अहिलेसम्म इभी ३० देखि ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने प्रविधि विकास भएको थियो।

  :