१० असार २०८३, बुधबार | Wed Jun 24 2026

पोखरामा चलिरहेको वाडा अटो शोमा टाटा कर्भ ईभी र नेक्सन के३ सार्वजनिक




काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को संयुक्त आयोजनामा चैत १४ गते शुक्रबारदेखि चैत १७ सम्म पोखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रिक गाडी कर्भ ईभी र नेक्सन के३ ईभी सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, राजेश प्रसाद गिरी, प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमर केयर (दक्षिण एसिया) हेड रनधीर कुमार चौधरी र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथनले संयुक्त रुपमा नयाँ ईभीहरु सार्वजनिक गरेका छन् ।


नेपालको सडक अनुकूल रहेका टाटा नेक्सन के३ ईभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै कर्भ ईभी पनि नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । जसको टप भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रहेको छ ।


इच्छुक ग्राहकहरुले जारी वाडा अटो शोको स्टल नम्बर (ए३) मा टाटाका कर्भ ईभी र नेक्सन के३ ईभी अवलोकनका साथै बुकिङ गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

  :