काठमाडौं–प्रोटोनको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सर्वाधिक कम ब्याजदर र २० प्रतिशत डाउन पेमेन्टमा नै प्रोटोन इमास–७ उपलब्ध गराउने भएको छ ।
अघिल्लो महिनाबाट बिक्री सुरु भएको प्रोटोन इमास–७ कम्पनीले ४.९९ प्रतिशत ब्याजदरमै कर्जा सेवा उपलब्ध गराएको छ । साथै गाडीको मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा पुग्छ । कम्पनीले अहिले दुई भेरियन्टमा इमास–७ उपलब्ध गराएको छ । जसमध्ये प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दुई फरक ब्याट्री साइजमा उपलब्ध इमास–७ मा एजिज सर्ट ब्लेड ब्याट्री प्रयोग भएको छ प्राइम भेरियन्टमा ४९।५२ किलोवाट र प्रिमियम भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री छ । सानो ब्याट्रीले ३४५ र ठूलो ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिने डब्लूएटीपी टेस्टले प्रमाणित गरेको छ ।





प्रतिक्रिया