मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

डोङफेङको ‘फरथिङ फ्राइडे’ चाँडै नै नेपाली बजारमा



काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीले चिनियाँ अटो उत्पादनक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभीलाई चाँडै नै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

फरथिङ फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट केरुङसम्म आइपुगेको र अबको केही दिनपछि औपचारिक लन्च हुने कम्पनीले जनाएको छ । यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ भने मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्ने पनि बताइएको छ ।

  :