मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच हालै नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगद रहित बीमा दावी सम्झौता गरिसकेको छ ।

कम्पनीको दावी अनुसार, यस सेवाबाट २,५०० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको बताएको छ ।

  :