मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

लिपमोटर लगातार स्टार्टअप कम्पनीको शीर्षस्थानमा



काठमाडौं– चिनियाँ स्टार्टअप कार ब्रान्डमा लिपमोटर लगातार दोस्रो महिना पनि चीनको शीर्ष ईभी स्टार्टअप कम्पनीको शीर्ष स्थानमा देखिएको छ ।


लिपमोटरले अप्रिल महिनामा ४१ हजार ३९ युनिट ईभी डेलिभरी गर्दै शीर्ष स्थान हासिल गरेको हो । जनवरीदेखि अप्रिलसम्म लिपमोटरले १ लाख २८ हजार ५९१ युनिट कार डेलिभरी गरेको गरेको बताइएको छ ।

गत अप्रिलमा लिपमोटरलाई पछ्याउँदै अर्को स्टार्टअप कार ब्रान्ड एक्सपेङले ३३ हजार ४५ युनिट कार बिक्री गर्दै दोस्रो स्थानमा परेको छ ।

३३ हजार ९३९ युनिट कार डेलिभरीसहित एलआई अटो तेस्रो भएको छ भने चौथो स्थानमा पर्न सफल साओमीले २८ हजार युनिट कार बिक्री गरेको छ । यसैगरी, पाँचौदेखि १० औं स्थानमा क्रमशः दिपल पाँचौं, निओ छैठौं, जिकर सातौं , अवतार आठौं , भोया र ओन्भोले नवौं स्थान प्राप्त गरेका छन् ।

  :