फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन




काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बैशाख २४ देखि २७ सम्म देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।

सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेगा एक्सचेन्ज अवधिमा ग्राहकहरुले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्ने छन् र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुने पनि कम्पनीले जनाएको छ।

सो एक्सचेन्ज क्याम्पेन देशभरका शहरमा रहेका बीवाईडीका विभिन्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ ।

  :