काठमाडौं– टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जेठ १ गतेदेखि चार दिनसम्म प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने भएको छ। मेलामा ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाको ब्रान्ड न्यू ईभी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा एक्सचेन्ज बोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुविधा समावेश गरिएको छ। यस्तै निस्शुल्क इन्स्टलेसनसहित चार्जिङ बक्स दिने कम्पनीले जनाएको छ। टाटाका गाडी किन्न चाहनेले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउनेछन्।
कम्पनीले टियागो, नेक्सन केथ्री, पन्च र कर्भ इभीमा यो अफर लागू हुने जनाएको छ।





प्रतिक्रिया