मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

जेठ ४ देखि १० सम्म ‘ओमोडा इ–फाइभ र जेइको जे–सिक्स मोडलहरूमा विशेष योजना




काठमाडौं– नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना ल्याएको छ ।

यो योजना जेठ ४ देखि १० गतेसम्म ‘ओमोडा इ–फाइभ’ र ‘जेइको जे–सिक्स’ मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ । विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरि यो योजना ल्याइएको पनि कम्पनीले जानकारी दिएको छ ।

‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा निस्शुल्क १ वर्षको बीमा, एउटा निस्शुल्क ७ किलोवाटको चार्जर र ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी समावेश रहेको छ ।

८० प्रतिशत फाइनान्सिङ सहित मात्र ५५ लाख ९९ हजारबाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । जसअनुसार गाडी डेलिभरी गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् ।

साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

  :