फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

इण्डोनेशियामा सेरेस थ्रीले जित्यो एकै पटकमा तीन अवार्ड




काठमाडौं– सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो पेभ्समा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ ।

अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी ‘ईभी ल्याण्ड एक्जिबिसन’ मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो ।

यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ । प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी सेरेस थ्रीले ध्यान खिचेको छ ।


५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले सिंगल चार्जमा ४१२ किलोमिटर (एनईडीसी_ दूरी तय गर्न सक्छ।

  :