काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि–बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन बढाएको छ ।
ग्राहकहरुको उत्साहपूर्ण सहभागिता र बढिरहेको मागलाई ध्यानमा राखी कम्पनीले सो फेस्ट तीन दिन बढाएको हो । अब फेस्ट जेठ ७ सम्म चल्ने छ । फेस्ट गत जेठ १ देखि चलिरहेको छ ।
फेस्टमा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाको ब्रान्ड न्यू ईभी एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज वोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुबिधा पाइनेछ । यस्तै निःशुल्क जडानसहित चार्जिङ वक्स र एसेसोरिजसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
फेस्टमा टाटा ईभी किन्ने चाहने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट सुबिधा समेत पाउनेछन् । टाटा टियागो, कर्भ, पन्च र नेक्सन के३ ईभीमा यो अफर लागू हुने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया