मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

बजेट घोषणा अगाडिसम्म एमएडब्लु वृद्धिको ‘इज अन वालेट’ अफर




काठमाडौं–एमएडब्लु वृद्धि मोटर्सले जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडिसम्म डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ अफर ल्याएको छ । यो अफरमा ग्राहकले नामी र सेरेस ईभी उत्कृष्ट मुल्यमा पाउने कम्पनीले जनाएको छ।

नेपालका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ ईभी मोडलको अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीको भनाई छ ।
यस अफरमा कम्पनीले नामी र सेरेसका नयाँ ईभी खरिद गर्ने ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर निशुल्क दिने जनाएको छ । साथै, एक वर्षको अटो–प्लस बीमा, एक वर्षको सवारी कर र एसेसरीज निशुल्क पाइनेछ भने प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाईट गर्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।

यसैगरी, चार भाग्यशाली ग्राहकले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् । सिमित समयका लागि मात्र मान्य हुने यस अफरको लाभ उठाउन ग्राहकलाई आफ्नो नजिकको नामी र सेरेसको शोरूम अर्थात आधिकारिक डिलरमा गई यी विशेष सुविधाहरूको लाभ उठाउन कम्पनीले आह्वान समेत गरेको छ ।

  :