मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

ईभीको कर यथावतै




काठमाडौं– आगामी आर्थिक बर्षको बजेटमा बिद्युतीय सवारी साधन (इलेक्ट्रोनिक भेहिकल) को कर बढ्ने चर्चा चलिरहेको बेला आज सार्वजनिक गरिएको बजेटमा कर यथावत राखिएको छ ।

वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन अर्थमन्त्री विष्णु पौडेलले इलेक्ट्रिक भेहिकल र हाइब्रिड गाडीको कर यथावत् राख्ने घोषणा गरेका हुन् ।

यसअघि ईभीको कर बढ्ने हल्लाले केही व्यापारीहरूले धेरै मात्रामा ईभी भित्र्याएका थिए ।

चालू आर्थिक वर्षमा ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तशुल्क, ५० देखि १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत महसुल र १५ प्रतिशत अन्तःशुल्क, १०० देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।


यस्तै २०० देखि ३०० किलोवाटसम्मका गाडीमा ६० प्रतिशत भन्सार महसुल र ३५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटमाथिका गाडीमा ८० प्रतिशत भन्सार महसुल र ५० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । यसबाहेक सरकारले सबै विद्युतीय गाडीमा ५ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ।

  :