काठमाडौं– टाटा मोटर्सले आफ्नो पहिलो अल ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी ह्यारीयर सार्वजनिक गरेको छ । यस इभीमा दुई वटा मोटर पावर सेटअप गरिएको छ । यसले चार वटा पाङ्ग्रामा पावर दिन सहयोग गर्छ ।
यसमा रक क्रवल मोडको साथै अफरोड र स्नो मोड पनि पाउन सकिन्छ । साथै, ईको र बुस्ट मोड पनि ह्यारीयर ईभीमा उपलब्ध हुनेछ । रक क्रवल मोड लगाएपछि अल ह्वील ड्राइभ ह्यारीयर कठिन बाटोहरुमा पनि सहजै चढ्ने कम्पनीले जनाएको छ ।
यस इभीमा भएको ब्याट्रीले एक पटक चार्जमा ५०० किलोमीटर रेञ्ज दिने बताइएको छ ।





प्रतिक्रिया