मंसिर २६, २०८२ बिहीबार | Thu Dec 11 2025

नामीको सफलता, ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी कार निर्यात




काठमाडौं– चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ–एस३ मोडलले अहिले सम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको जनाएको छ । यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको कम्पनीको विश्वास छ ।

सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ–एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ । नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो । जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ । युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ(०६ सार्वजनिक गरेको छ । ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६(रङको एम्बियन्ट लाइट, र ुलाइट डोमेन सराउन्डिङ ककपिटु ले सुसज्जित छ ।
आगामी दिनहरूमा जुनफेङ कम्पनीले डोङफेङको अन्तर्राष्ट्रिय रणनीतिलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

  :