काठमाडौं– चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ–एस३ मोडलले अहिले सम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको जनाएको छ । यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको कम्पनीको विश्वास छ ।
सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ–एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ । नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो । जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ । युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।
यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ(०६ सार्वजनिक गरेको छ । ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६(रङको एम्बियन्ट लाइट, र ुलाइट डोमेन सराउन्डिङ ककपिटु ले सुसज्जित छ ।
आगामी दिनहरूमा जुनफेङ कम्पनीले डोङफेङको अन्तर्राष्ट्रिय रणनीतिलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।





प्रतिक्रिया