मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बाग्मतीमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडौं–बागमती प्रदेश सरकारले सवारी साधनको पहिचान र सुरक्षा सुनिश्चित गर्न बाग्मतीमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने घोषणा गरेको छ ।

प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेको हो ।

हाल प्रदेशमा दर्ता हुने नयाँ र नामसारी हुने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान अनिवार्य थियो । बागमती प्रदेशमा २० लाख बढी सवारी साधन रहेका छन् । यातायात व्यवस्था विभागले सवारी साधन अनुसार इम्बोस्ड नम्बर प्लेटको शुल्क तोकेको छ ।

  :