फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ स्किम, यस्ता छन् विशेषता




काठमाडौं– दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निश्चित समयका लागि आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ ।

यो स्किमअन्तर्गत दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निशुल्क सडक कर समेत प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल ईभी विक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।

  :