मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बीवाईडीको सिगल ईभी २ बर्षमै १० लाख युनिट बिक्री




काठमाडौं– बीवाईडीको सिगल ईभी २ वर्षको छोटो अवधिमा १० लाख युनिट बिक्री भएको छ । सन् २०२३ को मे महिनादेखी चीनमा बिक्री सुरु भएको थियो ।

बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई केहि समयअघि अपडेट गरेर २०२५ मोडल ल्याएको थियो । ३ वटा भेरिएन्टमा उपलब्ध सो ईभी ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

बीवाइडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले सिगल नेपाल भित्र्याउने भएको छ । बीवाइडीले यस वर्ष हुने नाइमा नेपाल मोविलिटी एक्स्पो र नाडा अटो शो दुबैमा सिगल लञ्च गर्ने भएको छ । बीवाईडी सिगल सहर भित्रका छिटो–छोटो यात्राका लागि आकर्षक, किफायती, र सुविधा सम्पन्न विकल्प भएको बताइएको छ । सस्तो चार्जिङ, पर्याप्त रेञ्ज, र आधुनिक ईन्टिरियरले यो ईभी ग्राहकहरुले निकै मनपराउने कम्पनीको दावी छ ।

  :