काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सीमित अवधिका लागि सार्वजनिक गरेको ‘नामी फाइभ स्टार अफर’ नेपालभरिका सबै नामी शोरूमहरूमा उपलब्ध रहेको छ । अफर अन्तर्गत नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा ग्राहकहरूले पाँच विशेष लाभहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘नामी फाइभ स्टार अफर’ अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ केब्लू पल्स ३।५ डब्लू चार्जर, अटो प्लस बीमा, निःशुल्क सडक कर ९चालु आर्थिक वर्षको लागि० र निःशुल्क एक्सेसरिजहरू पाउनेछन् । अफर अन्तर्गत ग्राहकहरुले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरु पाउने कम्पनीले जनाएको छ। यसले ग्राहकहरुको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउने विश्वास कम्पनीले लिएको छ ।
लक्जरी, आधुनिक डिजाइन र प्रविधिको संयोजनले नामीलाई विद्युतीय सवारी चाहने ग्राहकहरूका लागि उत्कृष्ट ब्रान्डका रूपमा स्थापित गराएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले विद्युतीय सवारी पारिस्थितिकी प्रणालीलाई थप मजबुत बनाउन देशभर रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ, जसअन्तर्गत हालसम्म ६६ स्थानमा डीसी र एसी चार्जिङ सुविधा उपलब्ध भइसकेको छ ।





प्रतिक्रिया