मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

शुक्रबारदेखि नेपाली बजारमा बीवाईडीको सिलायन ईभी बिक्री शुरु हुने




काठमाडौं– बीवाईडीको नेपालमा लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आगामी जुलाई ४ शुक्रबारदेखि बीवाईडीको नयाँ मोडल सिलायनको बिक्री शुरु गर्न लागेको छ ।

बीवाइडीले गत वर्षको नाडा अटो शोमा पहिलो पटक देखाएको सिलायन ७ ईभी १० महिनापछि बिक्री सुरु गर्न लागेको हो । बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’मा आधारित रहेर बनेको कम्पनीले जनाएको छ ।
सिलायन ईभीको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । नेपालमा बिक्री सुरु हुन लागेको सिलायनमा ७१.८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ ।

यो ईभीमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रीन लगायतका विशेषताहरु रहेका छन् ।

  :