२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

टाटाको ईभी किन्दा थाइल्याण्ड घुम्ने अवसर




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको हरेक बिद्युतीय सवारी साधन (ईभी)को किन्नेलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्ने भएको छ ।


असार १९ देखि २३ गते अर्थात जुलाई ३ देखि ७ तारिखसम्म टाटाका ईभीको खरिदमा कम्पनीले थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागेको हो । कम्पनीका अनुसार टाटाको ईभी किन्ने जोडीलाई नै भ्रमणको अवसर प्रदान गरिनेछ । हरेक गाडी खरिदमा दुई जनाले भ्रमण गर्न पाउने भएका हुन् ।

सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्लोगन सहित ल्याएको स्कीममा थाइल्याण्ड भ्रमणका अलावा अन्य अफर पनि रहेका छन् । सिप्रदीका अनुसार कम्पनीले १ वर्षको बीमा, दुई आर्थिक वर्षको सवारी कर, निःशुल्क एससरिज, गाडीको लाइफ टाइम चार्जिङ सुविधा, घरमा निःशुल्क चार्जर जडान र निःशुल्क इम्बोस्ड नम्बर प्लेट दिइनेछ ।

अहिले कम्पनीले बिक्री गर्दै आएको टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन के थ्री र कर्भ ईभी छन् । यी मध्ये कुनै पनि गाडी बुकिङ गर्ने, टेस्ट ड्राइभ गर्ने र आफ्नो पुरानो गाडी ल्याएर मूल्याङ्कन गराउनेलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको अफर अवधि जुलाई ३ तारिखदेखि ७ तारिखसम्म आएर गाडी किन्नेदेखि सबै मध्ये एकजना भाग्यशाली व्यक्तिले आइफोन–१६ बम्पर उपहार जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।

  :