मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

टाटाको ईभी किन्दा थाइल्याण्ड घुम्ने अवसर




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको हरेक बिद्युतीय सवारी साधन (ईभी)को किन्नेलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्ने भएको छ ।


असार १९ देखि २३ गते अर्थात जुलाई ३ देखि ७ तारिखसम्म टाटाका ईभीको खरिदमा कम्पनीले थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागेको हो । कम्पनीका अनुसार टाटाको ईभी किन्ने जोडीलाई नै भ्रमणको अवसर प्रदान गरिनेछ । हरेक गाडी खरिदमा दुई जनाले भ्रमण गर्न पाउने भएका हुन् ।

सिप्रदीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्लोगन सहित ल्याएको स्कीममा थाइल्याण्ड भ्रमणका अलावा अन्य अफर पनि रहेका छन् । सिप्रदीका अनुसार कम्पनीले १ वर्षको बीमा, दुई आर्थिक वर्षको सवारी कर, निःशुल्क एससरिज, गाडीको लाइफ टाइम चार्जिङ सुविधा, घरमा निःशुल्क चार्जर जडान र निःशुल्क इम्बोस्ड नम्बर प्लेट दिइनेछ ।

अहिले कम्पनीले बिक्री गर्दै आएको टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन के थ्री र कर्भ ईभी छन् । यी मध्ये कुनै पनि गाडी बुकिङ गर्ने, टेस्ट ड्राइभ गर्ने र आफ्नो पुरानो गाडी ल्याएर मूल्याङ्कन गराउनेलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको अफर अवधि जुलाई ३ तारिखदेखि ७ तारिखसम्म आएर गाडी किन्नेदेखि सबै मध्ये एकजना भाग्यशाली व्यक्तिले आइफोन–१६ बम्पर उपहार जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।

  :