मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नेपाली बजारमा एमजी विन्डसर




काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ गाडी एमजी विन्डसर र्र्इभी नेपाली बजारमा ल्याएको छ ।

भारतमा उत्पादन गरिएको नयाँ र्इभी इसेन्स र एक्सक्लुसिभ भेरियन्टमा उपलब्ध छन्। कम्पनीले यसअघि एमजीका कोमेट इभी भित्र्याएको थियो।
यसको बजार मूल्य एक्सक्लुसिभ भेरियन्टको ३७ लाख ९९ हजार र इसेन्स भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा ३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ यसले एक पटकको फुल चार्जमा ३३२ किलोमिटरसम्मको रेन्ज दिनेछ।

गाडीमा १०० किलोवाट पावरको मोटर उपलब्ध छ। यसले २०० एनएम टर्क उत्पादन गर्छ। यसमा ग्राउन्ड क्लियरेन्स १८६ एमएम छ। साथै ३६० डिग्रीको क्यामेरा पनि राखिएको छ।

यसका साथै यस ईभीमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ लगायतका फिचरहरु रहेका छन् । कम्पनीले यस ईभीमा स्पेयर पार्ट्स र सर्भिसमा ८ वर्षको वारेन्टी दिएको जनाएको छ ।

  :