काठमाडौं– ‘तपाईको बजार’, ‘ई–ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत पहिलो चरणमा शनिबार ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण गरिएको छ ।
अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र याङगो नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा सहभागी राइडरहरूलाई शनिबार दिन भाडा नलाग्ने विशेष फ्रि अफर समेत दिइएको छ । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइडरहरूलाई सुरुवातको लागि प्रदान गरिएको फ्रि अफरले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउने बताए ।
ई–ड्राइभ नेपालका मुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले राइडरले स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्ने बताए । फ्रि अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको समेत भट्टराईको भनाई थियो ।
’तपाईको बजार’ का संचालक सुशील संग्रौलाले ईभी वितरणको यो क्षण हाम्रो लागि गौरवको क्षण भएको बताउँदै यो नेपाली युवाको भविष्यमा गरिएको लगानी भएको बताए ।





प्रतिक्रिया