काठमाडौं–प्रोटोन ईभीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अटोमोबाइल हवका रुपमा परिचित थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले गरेका हुन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने योजना रहेको बताए।
यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून्, उनले भने ।
शोरुम उद्घाटनको अवसरमा कम्पनीले अभिनेत्री केकी अधिकारी सहित पाँच जना ग्राहकलाई ईमास७ हस्तान्तरण गरिएको थियो ।









प्रतिक्रिया