मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नेपाली बजारमा छिट्टै सार्वजनिक हुँदै जेवाई एयर सेडान



काठमाडौं– जुनयाओ ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर ग्रुपले जेवाई एयर सेडान नेपाली बजारमा छिट्टै नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यो ईभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ समेत तोकेको छ । यस अगाडि कम्पनीले यो ईभी नेपाल ल्याएर विभिन्न भूगोलमा परीक्षण गरेको थियो।

यो ईभीमा ६४.१ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ भने ९९ किलोवाट क्षमताको मोटर छ । गाडीको लम्बाई ४५५० एमएम, चौडाई १८६० एमएम र उचाई १५१५ एमएम छ।

  :