मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

जुम्लामा बिद्युतीय भ्यानहरु सञ्चालन



काठमाडौं– दिगो ग्रुप अफ कम्पनीजले जुम्लामा तिला कर्णाली यातायात सेवा प्रालिलाई ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको छ ।

यी बिद्युतीय भ्यानहरु कर्णाली प्रदेशको जुम्लामा छोटो दुरीका सार्वजनिक रुटहरुमा सञ्चालन हुने बताइएको छ । दिगोले चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन गाडीसँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्ने भएको छ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा(गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु गर्वको कुरा भएको बताए । उनले आगामी दिनमा यसरी नै देशभरि बिद्युतीय सवारीसाधनको पहुँचलाई विस्तार गरिरहने पनि बताए । कम्पनीले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ।

  :