काठमाडौं– एमएडब्लु बृद्धिले नेपाल ल्याएको इलेक्ट्रिक कार दिपाल एस ०५ र नामी०६ को मूल्य भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको छ । यी दुबै ईभी आगामी भदौ ३ गतेबाट काठमाडौंमा सुरु हुने नाडा अटो शोमार्फत औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।
चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको एस ०५ तीन भेरियन्टमा उपलब्ध हुने छन् । कम्पनीका अनुसार लाइट भेरियन्टको मूल्य ६२ लाख ९९ हजार, प्लसको ६५ लाख ९९ हजार र म्याक्सलाई ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । थाइल्याण्डमा उत्पादन भएको दीपल एस ०५ ईभी ९९ किलोवाट पीकपावर भएको इलेक्ट्रिक मोटरमा आएको हो ।
यसैगरी यसैगरी, एमएडब्लु बृद्धिले ल्याउन लागेको अर्को इलेक्ट्रिक कार नामी ०६ समेत तीनवटै भेरियन्टमा उपलब्ध हुने छन् । यो कार ई१, ई२ र ई३ भेरियन्ट नेपाल आउन लागेको हो ।
नामी०६ को ई१ र ई२ मा ४४।.९४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ भने ई३ मा ५१.८७ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ । यसको मूल्य क्रमशः ५७ लाख ९९ हजार, ६० लाख ९९ हजार र ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशित गरेको मूल्य भन्सार प्रयोजनको लागि भएकाले बजारमा आउँदा मूल्य केही थपघट हुनसक्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया