काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ मा ४४ हजार ५३५ युनिट विद्युतीय सवारी साधन आयात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ ।
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा स्कुटर, मोटरसाइकल, थ्री ह्वीलर, बस, माइक्रोबस, कार, जीप, भ्यान गरी ४४ हजार ५३५ युनिट विद्युतीय सवारी आयात भएका हुन् ।
विभागका अनुसार गत आवमा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो । त्यसबापत सरकारले कुल २२ अर्ब ७६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
गत वर्ष सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका ७ हजार ४३१ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ५० किलोवाटसम्मको ४ हजार ७३२ युनिट, १०१ देखि २०० किलोवाटसम्मको १ हजार ३६२ युनिट, २०१ देखि ३०० किलोवाटसम्मको ४२ युनिट र ३०० किलोवाट माथिको २ युनिट कार, जीप भ्यान आयात भएको छ ।





प्रतिक्रिया