काठमाडौं– गत आर्थिक बर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय सानाठूला सवारी एकान्तकुनामा एक वर्षमा २७ हजार ६०८ वटा चार पाङ्ग्रे सवारीसाधन दर्ता भएकोमध्ये १५ हजार ६५७ युनिट इलेक्ट्रिक भेहिकल छन् ।
कार्यालयको तथ्यांक अनुसार जेठ महिनामा ५ हजार १०५ युनिट र असारमा जम्मा ३१ युनिट ईभी दर्ता भएका छन् ।
बस १ हजार १९, मिनिबस र मिनिट्रक १ हजार ५०७, क्रेन/डोजर/एस्काभेटर/लोडर ७१४, ट्रक/टिपर/ट्यांकर/कन्टेनर ९३३ र माइक्रो ९२ युनिट दर्ता भएका छन्। यस्तै इन्धन कार/जीप/भ्यान ७ हजार ६८४ युनिट दर्ता भएको कार्यालयले जनाएको छ।









प्रतिक्रिया