२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

मेगा मोटर्सले कामा ईभी कन्टेनरको बुकिङ खुलायो



काठमाडौं–कामा ईभीको नेपालमा लागि आधिकारिक वितरक मेगा मोटर्सले कामा ईभी कन्टेनरको बुकिङ खुला गर्दै यो ईभी बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई २ लाख रुपैयाँ छुट दिने योजना ल्याएको छ ।

यो ईभी कन्टेनरलाई कम्पनीले आगामी भदौ ३ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा लञ्च गर्ने तयारी पनि गरेको छ । २७ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यस कन्टेनर बुक गर्ने सुरुका ५० जना ग्राहकलाई २५ लाख ९० हजारमै उपलब्ध गराउने कम्पनीले जनाएको हो ।

यस ईभी कन्टेनरले नेपालको मिनी कमर्सियल ईभी बजारमा नयाँ उपलब्धि हासिल गर्ने विश्वास मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले लिएका छन् । पालका अनुसार कामा ईडब्लु २ अहिले कारखानाबाट हिंडिसकेको छ । नाडा अटो शोमा हामीले यसलाई लञ्च गर्ने तयारी गरेका छौ । यो कमर्सियल ईभीले नेपाली बजारमा छिट्टै लोकप्रियता हासिल गर्नेमा ढुक्क छौ ।

यस ईभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजवुत कन्टेनर राखिएको छ । यसको पेलोड क्षमता १.५ टन छ भने एकपटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिने पनि कम्पनीले जनाएको छ । कम्पनीले यस ईभीमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिएको छ ।

  :