मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नाइमा मोबिलिटी एक्सपोमा दर्शकहरुको भीड, सोमबारसम्म चल्ने



काठमाडौं– दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागलाई मध्यनजर गर्दै काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो एक दिन थप गरी सोमबारसम्म सञ्चालन हुने आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसियन नाइमाले जनाएको छ । गत बुधबारदेखि सुरू भएको एक्सपो आइतबार सम्पन्न हुने भनिएता पनि अब सोमबारसम्म चल्ने आयोजकले जनाएको हो ।


मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल छ ।

यसैगरी, टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनेली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याडिया र जिहो सहभागी छन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, क्यारी, किङलङ र सनलङ ब्रान्डको स्टल रहेको छ ।

  :