काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ ३ गतेदेखि पाँच दिन ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७ औं संस्करणको नाडा अटो शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु हुने भएको छ ।
१२५ भन्दा बढी प्रदर्शक, ३० बढी सवारीसाधनका ब्रान्ड नाडा अटो शोमा रहने बताइएको छ । प्रदर्शनीमा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी साधन रहनेछन्। यस्तै, विन्टेज मोटर शो पनि रहनेछन्।
अटो शोको उद्घाटनबारे नाडा प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेका थिए । प्रदर्शनी उद्घाटनका लागि नाडाको टोलीले गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभएको थियो ।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेललगायतको उपस्थिति थियो।





प्रतिक्रिया