काठमाडौं– दशैं शुरु हुनु एक महिना अगाडि नै हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार अफर घोषणा गरेको छ ।
सो नयाँ अफर अन्तर्गत हुन्डाईको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउने कम्पनीले जनाएको छ । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस पाइनेछ । साथै, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइने पनि कम्पनीले जनाएको छ ।
यस महान चाडपर्बमा हुन्डाई गाडी खरिद गरी आकर्षक छुटका साथै स्क्र्याच कार्डमार्फत थप नगद उपहार जित्न कम्पनीले ग्राहकमाझ आह्वान गरेको छ ।
हुन्डार्इले अहिले नेपाली बजारमा मेड इने नेपाल क्रेटा र भन्यू सहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्रान्ड आई १० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।







प्रतिक्रिया