माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

प्रधानमन्त्री ओलीले उड्ने ट्याक्सी सार्वजनिक गर्ने



काठमाडौं– भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले जनाएको छ ।


एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्ने बताएको छ, जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दै मानिसहरुको जस्तो गतिविधि र संसार सयर गर्नेछन् । यी नवीनतम प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने कम्पनीको भनाइ छ ।


नयाँ प्रविधिहरु सँगै नाडा अटो शोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ प्रदर्शनीमा राखिने पनि कम्पनीले जनाएको छ ।

  :