काठमाडौं– नेपालमा फोर्थिङ फ्राइडे ईभीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ पाँच वर्षे विशेष योजना ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ सार्वजनिक गरेको छ ।
ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता जनाउँदै कम्पनीले यो विशेष योजना सार्वजनिक गरेको हो । यस विशेष योजना अन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउने कम्पनीले जनाएको छ ।
यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्डको रूपमा स्थापित गरेको पनि कम्पनीले जनाएको छ ।







प्रतिक्रिया