काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल आयोजना गरेको नाडा अटो शो २०२५ को १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
आयोजक संस्था नाडाले अटो शोले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । नाडा अटो शोमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उदघाटन गरेको नाडा अटो शोमा लाखौं दर्शकहरुको सहभागिताले नाडाको अपेक्षामा अझ बृद्धि गरेको नाडाका अध्यक्ष करण चौधरीले बताए ।
नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ, अध्यक्ष चौधरीले भने । यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं, अध्यक्ष चौधरीले भने ।







प्रतिक्रिया