फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

पोखरामा ओमोडा एण्ड जेको नयाँ शोरुम, जे ५ सार्वजनिक



काठमाडौं– पोखरामा ओमोडा एण्ड जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गर्दै गण्डकी प्रदेशमा नयाँ जेको जे ५ गाडी पनि सार्वजनिक गरेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बरालको उपस्थिति थियो। विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा सहभागी थिए। पोखराको शिवचोक–१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ।

झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको उक्त शोरूमले ग्राहकलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउने छ। सर्भिस सेन्टरमा काम गर्ने प्राविधिकहरुलाई अनुभवी प्राविधिक र प्रतिनिधिहरूद्वारा प्रशिक्षण दिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जेको जे५ का प्रमुख सुविधाहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, र ४८० लिटर बुट स्पेस रहेका छन्।

  :