माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

ब्लू कर्पोरेशनले ल्यायो ‘फेस्टिभ अफर’, एलईभी–०१ किन्दा भारी छुट




काठमाडौं– नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गरी एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लू कर्पोरेशनले ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट पाइने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत एलएस अटोको नयाँ ईभी किन्दा ८ लाखसम्मको लाभ लिन सकिने कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडीलाई ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

फुयाँलका अनुसार, दशैं–तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि यो निकै उपयुक्त अफर हो । फेस्टिभ अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख एक्सचेञ्ज बोनस, निःशुल्क बीमा र १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क प्रदान गर्नेछ ।

यो अफर सीमित समयको लागि मात्र रहेको कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन कम्पनीले आह्वान समेत गरेको छ ।

  :