माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

भदौ १८ देखि २२ सम्म सांग्रिला मोटर्सको ‘ह्वील्स अफ सेलिब्रेसन्स’ कार्यक्रम, विशेष अफरहरु सार्वजनिक



काठमाडौं– सांग्रिला मोटर्स प्रालिले काठमाडौंको उत्तरढोकामा रहेको शोरुममा आज भदौ १८ गतेदेखि ‘ह्वील्स अफ सेलिब्रेसन्स’ कार्यक्रम सुरू गरेको छ ।


भदौ २२ गतेसम्म संचालन हुने उक्त कार्यक्रममा कम्पनीले गाडीप्रेमीका लागि अन्तरक्रियात्मक गतिविधि र विशेष अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा सहभागी हुनेले लिपमोटर, सिट्रोन र पूजोका नयाँ मोडलका गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पाउने छन् । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्यांकन गराउन वा एक्सचेन्ज गर्न सक्ने सुविधा पाउने कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ, जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ ।

कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइने कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ह्वील्स अफ सेलिब्रेसन्स ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम रहेको बताए ।टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,’ उनले भने ।

  :