काठमाडौं– दीपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ ।
उक्त शोरुमको इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दीपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराईले संयुक्त रुपमा गरेका उदघाटन गरेका छन् । यसै अवसरमा कम्पनीले विभिन्न अफरहरूसहित ४ दिने विशेष टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ ।
भदौ २३ गतेसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले दीपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दीपल ई०७, अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्ने छन् ।
ग्राकहले यो एक्सचेन्जमा चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन गराउने अवसर पाउने छन् । साथै केही निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क ट्राभल चार्जर पाउने छन् ।
यो कार्यक्रममा दीपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छ । जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउने छन् । त्यस्तै, कम्पनीले नयाँ शोरुम संचालनमा ल्याएको अवसरमा इटहरीमा दीपल एस०५ पनि सार्वजनिक गरेको छ ।







प्रतिक्रिया