काठमाडौं– काठमाडौंको अटो हबको रुपमा परिचित थापाथलीमा जेन–जी आन्दोलनको दोस्रो दिन गत मंगलबार अराजक समूहले विभिन्न ब्राण्डका शोरुम तथा झण्डै तीन दर्जन कारमा आगजनी गरेका छन् ।
हालसम्म प्राप्त भएको विवरण अनुसार सबैभन्दा बढी क्षति सीजी मोटर्सको भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स आधिकारीक बिक्रेता रहेको एक्सपेङ, एवोन र स्मार्टका १६ वटा नयाँ कार जलाइएको थियो । त्यसपछि दोस्रोमा धेरै क्षति टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङमा क्षति पुगेको छ । कम्पनीको शोरुममा रहेका ४ वटा विद्युतीय कार पूर्ण रूपमा जलेर नष्ट भएको कम्पनीले जनाएको छ ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले पनि थापाथली शोरुममा केही कारमा आगजनी भएको जनाएको छ । सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको शोरुममा आगजनी गरिएको छ । उक्त शोरुममा रहेका २ वटा कार पूर्णरूपमा जलेर नष्ट हुनुका साथै आधा दर्जन कार क्षतिग्रस्त बन्न पुगेको कम्पनीले जनाएको छ । यस्तै थापाथलीमा रहेको हुन्डाई शोरुममा आगजनी गरिएको छ । यहाँ भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।









प्रतिक्रिया